कर्णाली नदीमा बेपत्ता फोर्स गाडीको खोजी नवौं दिन पनि जारी, अत्याधुनिक प्रविधिबाट उद्धार अभियान तीव्र

समाचार

दैलेख ,२६ असार । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सान्नीतडास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुहरूको खोज तथा उद्धार अभियान नवौं दिन पनि निरन्तर जारी रहेको छ।

सशस्त्र प्रहरी बल, नेपालले गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरी घटनास्थल तथा कर्णाली नदी आसपासका विभिन्न क्षेत्रमा ड्रोन, सोनार क्यामेरा र म्याग्नेटजस्ता अत्याधुनिक उपकरणको प्रयोग गर्दै सघन खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

मिति २०८३ असार १८ गते भएको दुर्घटनापछि सुरु गरिएको खोज तथा उद्धार अभियानमा हालसम्म बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। फेला परेका शवहरूको परिवारबाट सनाखत भइसकेको सशस्त्र प्रहरीले जनाएको छ।

बेपत्ता अन्य व्यक्तिहरूको खोजीलाई थप प्रभावकारी बनाउन उद्धार टोलीले नदीका विभिन्न सम्भावित क्षेत्रमा निरन्तर खोजी जारी राखेको छ। सशस्त्र प्रहरी बलले सबै बेपत्ता व्यक्तिको अवस्था पत्ता नलागेसम्म खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन रहने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *