रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश,प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि

समाचार

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

 

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।

 

बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको केही समय पछि सो आदेश दिएको हो ।

 

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन्।

उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनले आफैँ प्रहरी समक्ष गिरफ्तारी दिने बताएका हुन्।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *