काठमाडौं, ३ फागुन । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्।
विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्।
ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको हो।
१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरूई दोषी ठहर गरेको हो। दोषी ठहर हुनेमा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी रहेका छन् ।
जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरिएको छ। विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरिएको छ।
ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजय गच्छदारले पाए सफाइ:
ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन्। विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले सफाए पाएका छन्।
गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाएका हुन्।
अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आरोप लगाएको थियो।
ललितानिवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर-
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।
बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।
बालुवाटार जग्गा प्रकरण : व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर-
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन्। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो।
जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर भएका छन्। विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको छ।
मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ।
अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ।