चर्को अवाजमा डिजे बजाउने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,१२ बैशाख।

चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई साउन्ड सिस्टम सहित बारा प्रहरीले पक्राउ गरेको छ।

बैशाख ११ गते राति ९ बजेको समयमा बाराको कलैया उप-महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा बजरंग डि.जे. बडकी फुलबरीयाका बैण्डसहित २ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

डिजे साउन्ड सिस्टम गाडि सहित नियन्त्रणमा लिईएको जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १० बस्ने वर्ष २५ को नागिन्द्र राय भट्ट र देवताल गा.पा. वडा नं. ०१ बस्ने वर्ष ५० को जयराम सिंहलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *