बिरगंज,२४ पुस।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रकलाई गण्डकचोकबाट पक्राउ गरेको छ।
सोमबार राती ११:४५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट रुपनदेहीतर्फ जाँदै गरेको सूचनाको आधारमा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई चेकजाँच गर्दा विलमा उल्लेखित भन्दा बढी लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।
रू.५२ लाख ६४ हजार १ सय ३ बराबरको मुल्यांकन गरि ट्रकभित्र लोड रहेको मालबस्तुहरूलाई आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए ।