इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्योः रिपोर्ट

बिदेश समाचार

गाजा,२५ पुस । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा भएका छन ।

 

इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मंगलबार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलबार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता  हुन् ।

 

इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।

 

जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन, जसमध्ये केही स्वतन्त्र पत्रकार पनि रहेका छन् ।

 

यसरी इजरायली जेलमा रहेका प्रायः  उसैले कब्जा गरिएको वेस्ट बैंक क्षेत्रबाट पक्राउ गरिएकाहरू पर्ने मिडिया अधिकार संगठनले जनाएको छ ।

‘गाजा पट्टीमा युद्ध जारी रहँदा गिरफ्तारी र नजरबन्दको यो घटना मुख्यतः प्यालेस्टिनी मिडियालाई मौन पार्ने उद्देश्यले गरिएको हो,’ आरएसएफले भनेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *