हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु

समाचार

 

बारा, १८ फागुन ।  हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् ।

 

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् ।

 

यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।

 

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए ।

 

हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुदै आएको छ ।

 

घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताए ।

 

केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको समेत हात्तीको आक्रमणबाट मृत्यु भैसकेको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *