आज बजेट आउदै

समाचार

काठमाडौं,१५ जेठ  । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ ।

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री:-

अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।  यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *