रसीद आलम,बिरगंज ,१४ जेठ ।
सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलिएका ४ लाख ५६ हजार ६ सय ३० बराबरको समान सहित १ लाख ५० हजार बराबरको भारतीय मोटरसाइकल पक्राउ गरेको छ।

जेठ १४ गते पर्साको बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटीएको टोलिले भारतबाट भन्सार छली नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको किराना सामान, कपडा तथा मोटरपार्टस र सो मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको बिआर ७६९८ नम्बरको भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
बरामद गरेको समान र मोटरसाइकलको ६ लाख ६ हजार ६ सय ३० रुपैयाँ बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले जनाए।
