बारा प्रहरीद्वारा ४३ लाख ७६ हजार बराबरको अबैध समान सहित ट्रक पक्राउ।

समाचार

रसीद आलम,बारा,१५ बैशाख।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र मातहतका युनिट बाट खटिएका प्रहरी टोलिहरूले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेकोले रू.४३ लाख ७६ हजार ७ सय ८३ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) महेन्द्र खड्काले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय सिमराले बैशाख १३ गते बाराको जीतपुरसिमरा उ.म.न.पा.वडा नं.२ सुर्य नेपाल स्थितमा वीरगंजबाट सर्लाही तर्फ जादै गरेको ना ३ ख ९४६७ नम्बरको बसमा लोड गरेको ९० हजार बराबरको साडि २५ पिस, कुर्ता सुरवाल २२ पिस, थानको कपडा १७ थान पक्राउ गरेको छ।सो कपडाको बिल भरपाई नभएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय निजगढले निजगढ न.पा.वडा नं.७ सिंगौलगेट स्थितमा वीरगंजबाट जनकपुरतर्फ जादै गरेको ना ४ ख ७६१२ नम्बरको  बसमा लोड गरेको रु.५५ हजार २ सय बराबरको हाफपाईन्ट ३६८ पिस (रेडिमेड कपडा) नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी पथलैया बैशाख १३ गते राती ९ बजेको समयमा जीतपुरसिमरा उ.म.न.पा.वडानं.१ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा लोड रहेको  ४२ लाख ३१ हजार ५ सय ८३ रूपैया बराबरको खुद्रा समानहरु सहित ट्रकलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बिल भरपाई भन्दा बढि लोड रहेको र स्रोत खुलाउन नसकेकोले ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको डिएसपी न्यौपानेले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *