उपप्रमुख आलमको प्रमुख आतिथ्यमा बिरगंज महानगरपालिकामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न।

समाचार

बिरगंज ,१५बैशाख।

बिरगंज  महानगरपालिकाको आयोजनामा र युएस एआईडिको सहयोगमा  एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक वित्तीय व्यवस्थापन अन्तर्गत बार्षिक योजना तर्जुमा र बजेट निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख आलमले “यो यस्तो प्रशिक्षण गर्नु वडा अध्यक्ष लगायत सचीवहरुलाई आवश्यक रहेको बताए ,यो कार्यक्रमले गर्दा वडा अध्यक्ष र सचीव हरुलाई वडाका बार्षिक योजना तर्जुमा र बजेट निर्माण धेरै सहयोगमा पुग्ने मैले बिश्वास लिएको छु” आलमले भने ।यस्ता कार्यक्रम अगामी दिनहरूमा पनि गर्ने प्रतिबद्धता गरेको उप प्रमुख आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

सो कार्यक्रमको समापन सत्रमा उप प्रमुख आलमले सहभागी वडा अध्यक्ष लगायत सचिवहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा बिरगंज महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्षहरु तथा सचीवहरु लगायत महानगरपालिकाका शाखा प्रमुख हरुको सहभागीता रहेको थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *