नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने

राजनीति समाचार

काठमाडौं,१ जेठ  । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् ।

उनले भने-

पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।

 

नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने:-

सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।

उनले भने-

कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *