रसीद आलम,बिरगंज ,१६ जेठ ।
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार राती ११:३० बजे को समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना.८ ख ४०१८ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूको मुल्य रु. ५१,०९,२०७।- (एकाउन लाख नौ हजार दुई सय सात ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
