बिरगंज ,३ जेठ ।
आफ्नै बच्चाको हत्या गरेको आरोपमा एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
घटना हो वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौको।मिति २०८०।०४।२७ गते बिहान ९:०० बजेको समयमा अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची मारेको आरोप छ।
सो घटना पश्चात् उनी फरार भइ भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आईरहेको छिन।
फरार भएपछि पर्सा जिल्ला अदालतबाट मिति २०८०।०७।१९ गते आरती कुमारी माथी कर्तव्य ज्यान मुद्दा दर्ता भइ पक्राउ पुर्जी जारी भएको थियोे।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको नेतृत्वमा रहेको टोलिले घटनाको सुक्ष्म अध्यन गरि विशेष अनुसन्धानको क्रममा विरगंजमा घुमफिर गरिरहेको अवस्थामा मिति २०८१।०२।०१ गते बेलुका ३ बजेको समयमा आरतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाका अनुसार एसपी ढुंगेलको कमान्डमा रहेका टोलिले विशेष सूचनाको आधारमा बिरगंज महानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई ज्यान सम्बन्धी कसूर मुद्दा शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ।
