पर्सामा तालिमरत निर्वाचन प्रहरीहरूको निरीक्षण तथा आचारसंहिता ब्रिफिङ

समाचार

वीरगञ्ज, २३ माघ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले तालिमरत निर्वाचन प्रहरीहरूलाई लक्षित गर्दै तालिम शिक्षण–सिकाइ प्रक्रिया, निर्वाचन आचारसंहिता तथा आसन्न निर्वाचनमा प्रहरी परिचालन सम्बन्धी व्यापक ब्रिफिङ प्रदान गर्नुभएको छ।

कार्यक्रमका क्रममा प्र.ना.म.नि. थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अनुगमन गर्दै निर्वाचन सुरक्षालाई थप चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले तटस्थता, व्यावसायिकता, कानुनी दायराभित्रको कर्तव्यपालन र जनमैत्री व्यवहारलाई निर्वाचन सुरक्षाको मेरुदण्डका रूपमा अघि सार्दै मातहतका प्रहरी अधिकृत ,प्रहरी हवल्दार/प्रहरी जवानहरूलाई अमूल्य नीति–निर्देशन दिनुभयो।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्र.ना.उ. हरि बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको क्षमता अभिवृद्धि, आचारसंहिता पालनामा दृढता र समन्वित परिचालनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *