पर्सा,२३ माघ । नेकपा (एमाले) प्रतिनिधि सभा सदस्य पर्सा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय आज पार्टीका उप–महासचिव योगेश भट्टराईको शुभहस्तबाट रिबन काटी विधिवत् रूपमा उद्घाटन गरिएको जनाईएको छ।
कार्यालय उद्घाटन समारोहमा नेकपा (एमाले) पर्सा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उम्मेदवार यादवले कार्यक्रममा उपस्थित सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै उनले जनताको सेवामा समर्पित भई संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
स्थानीय तहमा पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गतिविधिहरूलाई व्यवस्थित रूपमा अघि बढाउन निर्वाचन सम्पर्क कार्यालय महत्वपूर्ण आधार बन्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।
