स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

समाचार
कार्तिक १७ बिहीबार ।कपिलवस्तु,स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका-१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *