अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ, तराईमा चपाकल सुक्ने अवस्थामा।

समाचार

रसीद आलम ,पर्सा , २६ जेठ ।

देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।

गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

बढदो तापक्रमका प्रभाव तराईका जिल्लाहरुमा बढी देखिएको छ।पानी खाने चपाकलहरु सुक्ने अवस्थामा छ भन्ने केही ठाउँहरुमा खानेपानीको अभाव समेत भएको स्थानीयले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *