कार्तिक १५ काठमाडौ ,आचरण विपरित कार्य गरेको अभियोगमा सशस्त्र प्रहरीका केहि कर्मचारीहरु निलम्बनमा परेका नेपाल सशस्त्र प्रहरीबलका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यलयले जानकारी दिएको छ ।
उक्त जानकारी अनुसार सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादव मिति २०७९/०६/२० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएका तत्कालीन बि.ओ.पि.पति सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको हो।
सशस्त्र प्रहरी बल¸ नेपाल नं. २८ गण हे.क्वा. कपिलबस्तुबाट निर्वाचन सुरक्षा वेश स्थापना गर्न मिति २०७९/०७/०४ गते टोली पुर्याई फर्कने क्रममा गाडि सुरक्षा कमाण्डरको रुपमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदीले कमाण्डरको जिम्मेवारी सही ढंगले निर्वाह नगरी सवारी दुर्घटना हुन गई ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुको समेत मृत्यु भएको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट समेत निज दोषी देखिएको हुँदा निजलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको नेपाल सशस्त्र प्रहरीबलले जानकारी दिएको छ ।