हत्या गरेको अभियोगमा ५ जना पक्राउ – “नेपाल प्रहरी” ।

समाचार
कार्तिक १५  मंगलबार मोरङ, झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार  पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन् ।
उर्लाबारी नगरपालिका-७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको वि एण्ड सी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको र उक्त घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ  ।
  उक्त घटनाको सम्बन्धमा  थप अनुसन्धान भैरहेको जानकारी प्रहरीले दिएको  छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *