चाडपर्व लक्षित सुरक्षा कडा, पर्सा प्रहरीद्वारा सीमा क्षेत्रमा चेकजाँच तीव्र

समाचार

वीरगञ्ज,२७ असोज  । आसन्न चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाएको छ। चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई तीव्रता दिएको हो।

यसैक्रममा वडा प्रहरी कार्यालय बिर्ता मातहतको प्रहरी चौकी इनर्वा र नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज, पर्साको संयुक्त टोलीले कुकुर (K9) सहित भारतबाट नेपालतर्फ आउने सवारीसाधन तथा पैदल यात्रुलाई लक्षित गरी चेकजाँच अभियान सञ्चालन गरेको छ।

प्रहरीका अनुसार आसन्न चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, अवैध ओसारपसार तथा शंकास्पद वस्तुको आवागमन नियन्त्रण गर्ने उद्देश्यले चेकजाँचलाई कडाइ गरिएको हो। विशेष तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी सवारीसाधन र पैदल यात्रुहरूको निगरानी तथा जाँच गरिएको प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट हुन सक्ने गैरकानुनी गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रहरी सक्रिय रहेको छ।

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन चेकजाँच तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *