बिरगंज ,३ जेठ ।
सशस्त्र प्रहरी पर्साले रु.६ लाख ३९ हजार ९ सय ७५ बराबरको भन्सार छलिएका अबैध सामान बरामद गरेको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भन्सार मेनगेट वरपरको ईलाकाबाट अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याँउदै गरेको रु.५ लाख १० हजार ६ सय ५ बराबरको कपडा, डिनर प्लेट र किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट डिएसपी बिकाश अधिकारीको कमान्डमा खटिएको टोलीले बिरगंज महानगरपालिका १७ अलौ नाकाबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख १० हजार ४ सय ८० बराबरको कपडा तथा किराना सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बझाएको डिएसपी सिंहले जनाए।
साथै विन्दवासिनी गाउँ पालिका-३ छटिघाटबाट सशस्त्र प्रहरीको गस्ति टोलीले १८ हजार ८सय ९० बराबरको चामल र प्याज बरामद गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
