वीरगंज, भाद्र ३० भगवान पटेल
तेरापथ युवक परिषदको ५५ औं स्थापना दिवसको अवसरमा वीरगंजमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । परिषदले आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि मंसिर १ गते वीरगंजको ५ ठाँउमा रक्तदान गर्ने जनाएको छ ।परिषदले वीरगंजको तेरापंथ भवन आर्दशनगर, घडिअर्वा पोखरी, रहबर केयर बहुअरी, त्रिवेणी स्पीनिङ्ग मिल प्रा.लि र हिप्को ईन्फ्रा प्रा.लि बेलवामा बिहान ८ बजे देखि रक्तदान कार्यक्रम हुने संघका पुर्व अध्यक्ष राजेश बोथराले जानकारी दिए । बोथराले रक्तदान कार्यक्रम वीरगंज सहित काठमाडौं ,किर्तिपुर, भक्तपुर,बिराटनगर ,धरान,धुलाबारी,भैरहवा र राजविराजमा पनि मंसिर १ गते नै रक्तदान हुने र ९शहरको २० वटा शिविरबाट करिव १८०० युनिट रगत संकलन गर्ने लक्ष्य रहेको बताए । कार्यक्रम नेपाल लगायत विश्वको ५० वटा भन्दा बढि देशका एक हजार भन्दा बढि शहरमा दुई हजार शिविर हुने परिषदका अध्यक्ष धिरज बोरङ्गले जानकारी दिए । बोरङले नेपालको ईतिहासमै पहिलो पटक यति ठुलो स्तरको रक्तदान हुन लागेको दावी गरे । परिषदका अध्यक्ष धिरज बोरङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संयोजक अभिशेष भंसाली, सह संयोजक हेमन्त बैद्य,सचिव नरेश भंसाली लगायतको उपस्थिती थियो ।
