काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्ड छन् । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् ।
एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन र वर्षालाई अनस्क्रिन कपलको रुपमा प्रस्तुत गरिएको छ । सहरमा डेरामा बस्नेहरुको संघर्ष र असमानताको कथा पेश गर्ने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ ।
तिहारको छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’सँगै ‘छक्कापञ्जा ४’ पनि आउने चर्चा छ । सोही मितिमा ‘नालापानी’ र हलिउडको प्रतीक्षित फिल्म ‘ब्ल्याक आडम’ पनि रिलिज हुनेछन् ।
निर्देशक खनालले रिलिजको प्रतिस्पर्धामा आफ्नो फिल्म उत्कृष्ट हुने विश्वास व्यक्त गरे । ‘यो प्रतिस्पर्धाभन्दा पनि दर्शकलाई उपयुक्त विकल्पको अवसर हो,’ उनले भने