रसीद आलम,बिरगंज ,६ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलिएका १० लाख ५० हजार बराबरको अबैध समान बरामद गरेको छ।
बिर्ता प्रहरीका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, प्याज, मोवाईलको कभर, मोवाइलको टेम्पर ग्लास र सिपियु लगायतका सामानहरु नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
बरामद गरिएको समान आवश्यक कारवाहीको लागी विरगंज भन्सार कार्यालयमा बुझाईएको बिर्ता प्रहरीले जानकारी गराएको छ।
