उपप्रमुख आलमको अतिथित्वमा न्यायिक समितीको अभिमुखिकरण तालिमको आयोजना ।

समाचार

बिरगंज ,१७ जेठ ।

वीरगंज महानगरपालिका न्यायिक समितीले अभिमुखिकरण तालिमको आयोजना गरेको छ।

बिरगंज महानगर अन्तर्गत रहेको पुरुष,महिला तथा बालबालिका हरुलाई अभिमुखिकरणको तालिम दिइएको थियो। उक्त अभिमुखिकरण तालिम बिरगंज महानगरपालिकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको थियोे।

उपप्रमुख आलमले अभिमुखिकरण तालिममा न्यायिक समितिबाट प्रदान गरिने सेवा सुबिधा तथा न्यायिक समितिमा कुन कुन विषयमा उजुरी दिन सकिन्छ जानकारी गराएका थिए।  अहिले सम्म न्यायिक समितीमा कुन कुन मुद्दा परेको र कुन कुन मुद्दा फरछयौट भैसकेको छ त्यस बारेमा प्रकाश पारेका थिए ।

आलमले आफ्नो कार्यकालको दुई वर्षमा थुप्रो मुद्दाहरुमा सहमति गराई मिलापत्र गरि पठाइ सकेको बताए । “उजुरी परेपछि तुरुन्त दुबै पक्षलाई बोलाई समस्या समाधान गरेको छु ” बताए।

सो तालिमको प्रशिक्षण न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धन बहादुर थापाले दिएका थिए  ।आगामी दिनहरूमा यस्ता अभिमुखिकरण तालिमको आयोजना जारी रहने उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *