पर्सा प्रहरीद्वारा २ करोड १ लाख बराबरका अबैध समान तथा भैंसी पक्राउ ।

समाचार

रसीद आलम ,बिरगंज ,१९ जेठ ।

पर्सा प्रहरीले दुई करोड एक लाख उन्नपचास हजार एक सय सड्चालीस बराबरका विभिन्न अबैध समानहरु तथा भैंसी पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २ करोड १ लाख ४९ हजार १ सय ४७ रुपैयाँ  बराबरको औषधी, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू बरामद गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०२।१८ गते सम्बन्धित कार्यालयहरूमा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जनाएका छन् ।

एसपी ढुंगेलका अनुसार १८ गते बिहान् ३:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोक स्थित सडकखण्डबाट १ करोड ९७ लाख १५ हजार १ सय ४७ रुपैयाँ बराबरका औषधी तथा खुद्रा सामानहरू पर्सा प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

त्यस्तै ,जेठ १७ गते राति १०:४५ बजेको समयमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ डकैला बहुअरी स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका रु.४ लाख ३४ हजार बराबरको ८ वटा थारो भैंसी,२८ वटा पाडा तथा पाडी पक्राउ गरि आवश्यक कार्वाहीको लागी  बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *