रविन्द्र जडेजाले पनि छोडे अन्तर्राष्ट्रिय टी–२० क्रिकेट

खेलखुद समाचार

काठमाडौँ,१७ असार  । भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् । उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी-२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी-२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी-२० विश्वकप जितेको छ ।

विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार:

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *