रसीद आलम ,बिरगंज ,२१ असार।
सशस्त्र प्रहरी पर्साले रु. ७ लाख २५ हजार ५ सय १५ बराबरको सामान बरामद गरि भन्सार दाखिला गरेको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरीका टोलीले बिरगंज -१६ ईदगाह चोकमा भारतबाट अबैध रुपमा भन्सार छलि विभिन्न सार्वजनिक सवारी साधन तथा ना ३५ प ६२८९ नम्बरको मोटरसाइकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको ५ लाख ५३ हजार ३ सय ५५ बराबरको किराना सामान, कपडा, कस्मेटिक र मेसिनरि पाट्सहरु बरामद गरेको छ।
नेपालवाट अबैध रुपमा भन्सार छली भारत तर्फ लैजादै गरेको मुल्य रु ८ हजार बराबरको ४० केजि स्याउ नियन्त्रणमा लिएको गुल्मले जनाएको छ।
नियन्त्रणमा लिएको ना ३५ प ६२८९ नम्बरको मोटरसाइकलको रु.१ लाख ५० हजार मुल्यांकन गरि बरामद गरिएको समानहरुको जम्मा भन्सार मुल्य रु. ५ लाख ६१ हजार ३ सय ३५ कायम गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
त्यस्तै ,प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिरगंज १७ अलौ नाकाबाट अवैध रुपमा भन्सार छली भारतबाट साईकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.१ लाख ३१ हजार ३ सय ३० बराबरको किराना समान तथा औषधी बरामद गरेको छ।
सशस्त्र प्रहरीका गस्ती टोलि देखी समानहरु छाडी ब्यक्ति साईकल लिई भागी गएको हुदा उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाएको डिएसपी सिंहले जनाए।
साथै बिओपि प्रसौनीभाठ्ठाबाट खटिएको सशस्त्रका टोलीले अबैध रुपमा भन्सार छली ल्याईएको ३२ हजार ८ सय ५० बराबरको कपडा नियन्त्रणमा लिएको छ।
