पर्सा प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,२ साउन ।

पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक फरार प्रतिवादीलाई  पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई असार २८ गते पर्सा प्रहरीले लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरेको जनाएको छ।

पर्सा प्रहरीका अनुसार मिति २०७६।०६।१९ गते साँझ ५:०० बजेको समयमा पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको आरोप समसोदिन मियाँ माथि छ।

पक्राउ परेका समसोदिन मियाँलाई ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) कुमोध ढुंगेलले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *