काठमाडौं, साउन ७ ।राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन गरिएको सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्ष (CCSC) बिहीबार सम्पन्न भएको छ।
समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
मिति २०८३ साउन ७ गते आयोजित कार्यक्रममा प्रशिक्षण सफलतापूर्वक पूरा गरेका अधिकृतहरूलाई बधाई दिँदै महानिरीक्षक पौडेलले प्राप्त ज्ञान, सीप र नेतृत्व क्षमतालाई संगठन तथा राष्ट्रको सेवामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त कोर्ष सशस्त्र प्रहरी अधिकृतहरूको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो।
