सप्तरीमा ३३३२ किलोभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा

समाचार

सप्तरी, साउन ७ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३ साउन ७ गते बिहान तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा विशेष चेकजाँचका क्रममा ३३३२.४६० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।

प्रहरीले हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कारपियो, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअप र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको पिकअपलाई रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ।

बरामद गरिएको गाँजा तथा तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्ति तथा लागूऔषध ओसारपसारको सञ्जालबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *