जनकपुरधाममा मधेश प्रदेश प्रहरीद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

समाचार

जनकपुरधाम, साउन ७ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गणमा बिहीबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा “रुख रोपौं, वातावरण जोगाऔं” भन्ने सन्देशलाई आत्मसात गर्दै विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.) प्रभु प्रसाद ढकाल, प्रहरी उपरीक्षक (प्र.उ.) ई. ईश्वर थापा, प्र.उ. भेषराज रिजाल लगायत वरिष्ठ प्रहरी अधिकृत, प्रहरी हवल्दार र जवानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *