वीरगञ्ज ईनर्वाबाट कटुवा पेस्तोलसहित खाँ पक्राउ, ७ दिनको म्याद थप गरी अनुसन्धान जारी

समाचार

पर्सा, १९ साउन ।
वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा गाउँबाट कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाको आधारमा मिति २०८२ साउन १८ गते साँझ ६:०० बजेको समयमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। प्रहरीलाई प्राप्त सूचनाअनुसार ती व्यक्ति कटुवा पेस्तोल साथमा लिई सर्वसाधारणलाई डर त्रास देखाउँदै हिँडिरहेका थिए।

प्रहरी निरीक्षक निरोज चौलागाईंको कमाण्डमा खटिएको वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ ईनर्वा गाउँस्थित मस्जिद नजिक उक्त शंकास्पद व्यक्तिलाई रोकी कानूनी प्रक्रिया अनुसार खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको हो।

पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभठ्ठाका ४० वर्षीय साहेव खाँ रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए। उनी हाल ससुरालीमा वीरगञ्ज–१६ ईनर्वा गाउँमा बस्दै आएका थिए।

पक्राउ परेका खाँलाई हातहतियार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति:
– नाम: साहेव खाँ
– स्थायी ठेगाना: विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभठ्ठा, पर्सा
– हालको बसोबास: वीरगञ्ज महानगरपालिका–१६, ईनर्वा गाउँ
– उमेर: ४० वर्ष

बरामद हतियार:
– कटुवा पेस्तोल: १ थान

पर्सा प्रहरीले शान्ति सुरक्षामा खलल पुर्‍याउने तत्वहरूमाथि निगरानी बढाउँदै कारबाहीलाई तीव्रता दिएको जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *