रसीद आलम,बिरगंज ,६ साउन ।
सशस्त्र प्रहरी पर्साले बिरगंज आदर्शनगरमा स्थित माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापामारी गरेको छ।
आइतबार बिहानै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोलि र बिरगंज भन्सार कार्यालय पर्साबाट ना.सु. बिष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जिल्ला पर्सा बिरगंज म.न.पा-१० आदर्शनगर स्थित रहेको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापामारी गरि २० लाख २ हजार ५ सय बराबरको भन्सार छलीका आलमण्ड, छोहडा, काजु, कपडा तथा मिटमसलाका सामानहरु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिईएको समानहरु आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
