रसीद आलम ,बिरगंज ,७ साउन ।
पर्सा प्रहरीले औषधी, खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको २ वटा ट्रकहरू पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रू. ९४ लाख १५ हजार ७ सय ५ बराबरको औषधी, खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताएका छन् ।
साउन ५ गते राति १२:१० बजेको समयमा पर्साको वीरगञ्ज म.न.पा.वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ५६७१ र ना.०४ ख ५०१ नम्बरको ट्रकहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि साउन ६ गते राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
