सशस्त्र प्रहरी पर्साले नियन्त्रणमा लियो १३ लाख ३४ हजार बराबरको सामान।

समाचार

रसीद आलम,बिरगंज ,१४ साउन ।

सशस्त्र प्रहरी पर्साले रु.१३ लाख ३४ हजार २ सय ५ बराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ।

साउन १३ गते प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले बिरगंज म.न.पा-१६ ईनर्वा स्थित बिभिन्न सीमावर्ति नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको रु.१२ लाख २३ हजार ७ सय ५ बराबरको किराना सामान, कपडा, हार्डवयर तथा मोटर पार्टस बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ प्रवक्ता डिएसपी देबेन्द्र सिंहले जनाए।

साथै प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बि.म.न.पा-१७ अलौको सीमावर्ति ईलाकाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १ लाख १० हजार ५ सय बराबरको हार्डवेयरका सामानहरु बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *