रसीद आलम ,बिरगंज ,२४ साउन ।
पर्सा प्रहरीले ५ केजी लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सागढी न.पा.वडा नं.७ बस्ने वर्ष ३३ को बालेश्वर प्रसाद यादव र सोही बस्ने वर्ष ५५ को देबेन्द्र यादव रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा साउन २२ गते पर्साको सखुवाप्रसौनी गा.पा. वडा नं. ५ सोलखपुर स्थित महुवन पर्टेवासुगौली सडक खण्डमा पर्टेवासुगौलीबाट महुवनतर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महुवनबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवार देबेन्द्र यादवले आफ्नो शरिरमा लुकाई छिपाई राखिएको लागु औषध गाँजा २.५ के.जी. फेला परेको हुँदा उल्लखित परिमाणको गाँजा र ना ३८ प १८२५ नम्बरको मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।
निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी भारतीले जानकारी दिए।
