रसीद आलम ,बिरगंज ,३० साउन ।
पर्सा प्रहरीले ८ लाख भन्दा बढीका भन्सार छलीका विभिन्न मालसामान पक्राउ गरेको छ।
साउन २८ गते पर्साको बिरगंज म.न.पा. वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको ८ लाख ५८ हजार ५ सय २० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू, खाद्यान्न तथा मोबाईलका पार्टसहरू बरामद गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।
पक्राउ गरिएका मालबस्तुहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए।
