बाढीले पुर्‍याएको क्षतिका लागि तत्काल मर्मत र दीर्घकालीन समाधानका लागि मन्त्री यादवले दिए निर्देशन।

समाचार

काठमाडौ ,२ कार्तिक।

खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोक जिल्लाका पनौती, बनेपा, र धुलिखेल नगरपालिकाका एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका परियोजनामा हालैको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा तुरुन्त अल्पकालीन समाधानको रूपमा फुटेका पाइपहरू मर्मत गर्न र आवश्यक पर्ने ठाउँमा नयाँ पाइप बिछ्याउन निर्देशन दिएका छन् ।

मन्त्रालयका अनुसार दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गरी क्षतिको विस्तृत मूल्याङ्कनसहित लागत अनुमान तयार पार्दै पुनर्स्थापनाका कामहरू व्यवस्थित रूपमा अघि बढाउन भनिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *