हेटौंडा-काठमाडौँ सडक तीन दिनका लागि बन्द, वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध

समाचार

मकवानपुर ,२ कार्तिक।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला स्थित सडक मर्मत र हिम पाइप हाल्ने काम भइरहेकोले हेटौंडाबाट कुलेखानी, फाखेल, सिस्नेरी हुँदै काठमाडौँ जाने सडक तीन दिनका लागि बन्द हुने भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयले उक्त मर्मत कार्य सम्पन्न नहुन्जेल यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौँबाट हेटौंडा आउनको लागि भने एकतर्फी सडक खुला रहने जानकारी गराइएको छ। वैकल्पिक मार्गको रूपमा हेटौंडा-भैसे-पालुङ हुँदै काठमाडौँ वा कान्तिलोकपथ हेटौंडा-ठिंगन हुँदै काठमाडौँ जाने मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *