मधेश प्रदेश प्रहरी प्रमुखको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न।

समाचार

रसीद आलम,बिरगंज ,१३ कार्तिक।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यले जिल्ला प्रहरी  कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ।

निरीक्षणको क्रममा डिआईजी आचार्यले कार्यालय तथा मातहतका इकाई प्रमुखहरूलाई शान्ति सुरक्षा सुनिश्चित गर्न प्रभावकारी प्रहरी परिचालन, सीमा अपराध नियन्त्रण, आपराधिक गतिविधिहरूको रोकथाम, सीमा नाकाबाट हुने अवैध भन्सार छलि तथा चोरी निकासी पैठारी रोकथाम, फरार अपराधीहरूको खोजी, प्रहरी आचरण सुधार, र अभिलेख व्यवस्थापनको महत्त्वबारे निर्देशन दिनुभएको थियो।

साथै, उहाँले हिरासत कक्षको निरीक्षण गर्दै आउँदो चाडपर्वका लागि शुभकामना व्यक्त गर्नुभएको र सवारी दुर्घटना तथा क्षति न्युनिकरणमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *