बीरगंज महानगरको बसपार्क क्षेत्र वेश्यावृत्तिका कारण बदनाम, सर्वसाधारणलाई असहज

समाचार

पर्सा,२४ कार्तिक।

बीरगंज महानगरपालिका वार्ड नम्बर १६ अन्तर्गतको बसपार्क क्षेत्र हाल वेश्यावृत्तिका कारण बदनाम हुँदै गएको छ। केहि स्थानीय गेस्टहाउसहरूमा खुलेआम वेश्यावृत्ति भइरहेको र सार्वजनिक सडकमै बार्गेनिङ भैरहेको स्थानीयले बताएका छन्। यसले गर्दा आवतजावत गर्ने सर्वसाधारण र सभ्य नागरिकहरूलाई कठिनाइ भोग्नुपरेको छ। एक स्थानीयका अनुसार, राति ८ बजेपछि आफ्ना छोरी-बुहारीसँग हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको छ। पछिल्लो समयसम्म व्यवस्थित रहेको यो क्षेत्र अहिले अव्यवस्थित र असभ्यताको केन्द्र बनेको छ।

पछिल्लो समय वीरगंजको बसपार्क क्षेत्र वेश्यावृत्ति क्षेत्रको रूपमा विकसित हुँदै गएको भन्दै स्थानीयवासी चिन्तित छन्। यस क्षेत्रमा अनैतिक गतिविधिहरूमा वृद्धि देखिँदा सुरक्षा र सामाजिक समस्याहरू बढ्न थालेको छ।

स्थानिय समुदायले प्रहरीले कडा कारबाही गर्नुपर्ने माग गर्दै, समाजमा शान्ति र मर्यादा कायम गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको र यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *