वीरगञ्ज, २७ कार्तिक।
कार्तिक २७ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कमा मापदण्डभन्दा बढी भाडा लिने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
सर्वसाधारण यात्रुहरूले सार्वजनिक बस, हाईस तथा सुमो सवारी साधनमा बढी भाडा लिने गरेको गुनासो प्रहरी कार्यालयमा गरेका थिए।
गुनासोको आधारमा प्रहरी टोलीले लामो दूरीका सार्वजनिक सवारी साधनका काउन्टरहरूमा छापा मारी दुई अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ का ६५ वर्षीय अशोक गुप्ता र वीरगञ्ज महानगरपालिका–१६ का ४० वर्षीय विजय साह रहेका छन्। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक भारतीले जानकारी दिएका छन् ।
