बिरगंजबाट १९ वर्षीय युवक चार दिनदेखि बेपत्ता, फेला पार्न आग्रह

समाचार

पर्सा, ७ असोज ।
बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा बस्ने गणेश प्रसाद यादवका १९ वर्षीय छोरा सम्राट यादव विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

परिवारका अनुसार यादव असोज ४ गते बिहान ११:३० बजे वीरगञ्ज महानगरपालिका–७ कुम्हाल टोलस्थित आफ्नै डेराबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

सम्राटको बुवा गणेश प्रसाद यादवका अनुसार घरायसी मनमुटावका कारण छोरा डेराबाट निस्केको भए पनि अहिलेसम्म सम्पर्कमा नआएपछि परिवार बिचल्लीमा परेको छ । “पहिलो दिन हामी पर्खियौं, आफैं फर्किन्छन् कि भन्ने आशा थियो । तर अब चार दिनसम्म कुनै खबर नआएपछि प्रहरीलाई जानकारी दिई खोजी कार्यमा सहयोग गर्नुपर्ने अवस्थामा पुगेका छौं,” यादवले भने ।

बेपत्ता युवकको विवरणमा गहुँगोरो रंग, ६ फिट ३ इन्च उचाइ भएको बताइएको छ । फेला पार्ने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन वा मोबाइल नम्बर ९८५५०९०४८७ वा ९७४६८१५८५७ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *