धनुषाका प्रहरी निरीक्षक जटाशंकर यादव “भदौ महिनाको उत्कृष्ट प्रहरी” घोषित

समाचार

रसीद आलम

जनकपुरधाम ,६ असोज ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई भदौ महिनाको “उत्कृष्ट प्रहरी (Police of the Month)” घोषित गरेको छ।

धनुषाको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख समेत रहेका निरीक्षक यादवले हालै सम्पन्न गरेका उल्लेखनीय कार्यका आधारमा यो सम्मान प्राप्त गरेका हुन्।

मिति २०८२ भदौ ६ गते राति १:४५ बजे गणेशमान चारनाथ नगरपालिका–६ स्थित मोबाइल पसलमा भएको चोरी प्रकरणमा यादवले सक्रिय अनुसन्धान गरी चोरीका सामानसहित तीन जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए।

त्यसैगरी, मिति २०८२ भदौ २४ गते देशव्यापी JEN-Z समूहको आन्दोलनको क्रममा धनुषाका ६ वटा प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी हुन नदिई शान्ति–सुरक्षा कायम राख्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस्तै, भदौ ३१ गते विशेष सूचनाका आधारमा विदेह नगरपालिका–३ स्थित ईट्टा भट्ठामा छिपाइएका १९ बोरा गाँजा (करीब ४७५ किलोग्राम) बरामद गरी गाडी र व्यक्तिहरूसहित नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएका थिए। साथै आन्दोलनकै क्रममा विभिन्न कारागारबाट फरार पाँच कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पुरयाउन पनि यादव सफल भएका थिए।

उक्त जिम्मेवारीलाई उच्च व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै प्रहरी संगठनको छवि उजागर गर्न योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले निरीक्षक यादवलाई “भदौ महिनाको उत्कृष्ट प्रहरी” घोषित गरिएको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *