धनुषा ,१४ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हे.क्वा.धनुषाको मातहतमा रहेका रा.भ.सुरक्षा बेशले१७ लाखभन्दा बढीका कपडा र मोबाइलको डिस्प्लेहरु पक्राउ गरेको जनाएको छ।
बिषेश सुचनाको आधारमा कार्तिक १३ गते दिउँसो १:०० बजेको समयमा धनुषाको मिथिला न.पा.१० बडहरीस्थित रा.भ.सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक मुकुन्द घिमिरेको कमाण्डमा तथा भन्सार कार्यालय जनकपुरबाट ना.सु.चेत नारायण श्रेष्ठकोको संयुक्त टोलिले एक गोदाममा अबैध रुपमा स्टोर गरी राखिएको अबस्थामा मुल्य रु १४ लाख ८० हजार बराबरको २९६० पिस मोबाईलको डिस्प्ले र मुल्य रु २ लाख ५० हजार बराबरको ३३३ पिस कुर्ता सुरुवाल गरी जम्मा मुल्य रु १७ लाख ३० हजार बराबरको कपडा तथा नेपाल मोबाईलको डिस्प्ले बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ।
