घरआँगनसँगैको नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु

समाचार

बारा, साउन ८ । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोलमा घरआँगनसँगै रहेको नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन रहेकी छन्। शुक्रबार साँझ करिब ६ बजे घरआँगनमा खेल्ने क्रममा उनी आँगनसँगै उत्तरबाट दक्षिणतर्फ बग्ने नहरमा डुबेर गम्भीर घाइते भएकी थिइन्।

घटनापछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर चिकित्सकले साँझ ६ः३० बजे परीक्षण (ECG) पश्चात् उनलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो। हाल शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *