मोरङ ,२१ मंसिर ।
मोरङ्को सुन्दर हरैचाँ नगरपालिका वडा नं ५ मा रहेको सुन्दरपुर खानेपानी आयोजना निरीक्षण गर्ने क्रममा खानेपानी मन्त्री प्रदीप यादवले आयोजनाका प्रमुखलाई देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
खानेपानी आयोजनाको कार्यक्षेत्र ठूलो भएका कारण पानी ट्यांकीको क्षमताले नपुग्ने देखिएको हुँदा मन्त्री यादवले ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण गरी नयाँ पाइपलाइन विस्तार गर्न डिपिआर तयार गर्न निर्देशन दिएका छन्।
कामको सुरुवात भइसकेकाले तीव्र गतिमा काम गर्न र चालु आर्थिक वर्षभित्र ठेक्का सम्झौता सम्पन्न गर्ने गरी स्रोत सहमति तत्काल उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरे।
यसका साथै मन्त्री यादवले खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा विराटनगरमा आयोजित “सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१” को उद्घाटनसमेत गरेका छन्।
