पर्सा:अस्थाई प्रहरी पोष्ट ईनर्वाद्वारा लागू औषधसहित २ जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१३ कार्तिक ।

अस्थाई प्रहरी पोष्ट ईनर्वाले लागू औषधसहित २ जनालाई पर्साको इनर्वा चौकबाट पक्राउ गरेको जनाएको छ।

पर्सा प्रहरीका अनुसार कार्तिक ११ दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने अस्थाई प्रहरी पोष्ट ईनर्वा गाँउको प्रहरी सहायक निरीक्षक(असई) मुनिलाल राउतको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वागाउँको चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी खानतलासी गर्दा चितवनको कालिका न.पा.वडा नं.६ बस्ने वर्ष १९ को सुजन तिवारीको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र कालिका न.पा.वडा नं.३ बस्ने वर्ष १९ को शक्ति परियारको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको हुँदा निजहरूलाई उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *